३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्नलाई नगरपालिकाको घर



अ+ अ-

कावासोती । नवलपरासी पूर्व नवलपुरमा रहेको कावासोती नगरपालिकाले नगरपालिकाभित्र रहेका विपन्न २७ परिवारलाई घर निर्माण गरिदिने भएको छ ।

विपन्न आवास कार्यक्रममार्फत नगरपालिकाभित्र रहेका २७ परिवारलाई घर निर्माण गरिदिन लागिएको हो । नगरपालिकाभित्र रहेका विपन्न समुदायको उत्थानका लागि घर निर्माण गरिदिन लागिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो ।

“विपन्न समुदायको उत्थानका लागि नगरपालिकाले लिएको नीतिअनुसार घर निर्माण गरिदिन लागिएको हो”, नगर प्रमुख पुनले भन्नुभयो, “हामी प्रत्येक वर्ष विपन्न नागरिकको घर निर्माणको कार्यक्रमलाई निरन्तरता दिँदै जानेछाँै । नगरभित्रका हरेक पिछडिएका समुदायको उत्थान गर्नु, सबैलाई सबल बनाउने आफूहरुको योजना रहेको बताउँदै यसैको निरन्तरता स्वरुप घर निर्माण कार्यक्रम भएको प्रमुख पुनले बताउनुभयो ।

कावासोती नगरपालिका वडा नम्बर ७, ११, १२ र १३ मा गरी २७ घर निर्माण गर्न लागिएको हो । कावासोती ७ र १३ मा दश वटाका दरले घर निर्माण गरिने छ । वडा नम्बर ११ मा चार र वडा नम्बर १२ मा तीन वटा घर निर्माण गरिने छ । गएको आर्थिक वर्षमा कावासोती नगरपालिका–१५ मा १० वटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

माझी मुसहर समुदायका परिवारलाई घर निर्माण गर्ने निर्णयअनुसार प्रक्रिया शुरु गरेको कावासोती नगरपालिका–१२ का अध्यक्ष एवं प्रवक्ता खेमप्रसाद काफ्लेले बताउनुभयो । घर निर्माणका लागि प्रतिघर रु दुई लाख प्रदान गरिने छ । दुई कोठाको टिनले छाएको पक्की घर निर्माण गरिने कावासोती नगरपालिकाका प्रवक्ता काफ्लेले बताउनुभयो ।

वडाका अति विपन्न परिवारलाई वडाले पहिचान गरी सिफारिस गरेअनुसार नगरपालिकाले घर निर्माण गर्न लागेको हो । घर यसै आवभित्रमा निर्माण गरी हस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ ।