६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपन्नलाई नगरपालिकाको घर



अ+ अ-

कावासोती । नवलपरासी पूर्व नवलपुरमा रहेको कावासोती नगरपालिकाले नगरपालिकाभित्र रहेका विपन्न २७ परिवारलाई घर निर्माण गरिदिने भएको छ ।

विपन्न आवास कार्यक्रममार्फत नगरपालिकाभित्र रहेका २७ परिवारलाई घर निर्माण गरिदिन लागिएको हो । नगरपालिकाभित्र रहेका विपन्न समुदायको उत्थानका लागि घर निर्माण गरिदिन लागिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो ।

“विपन्न समुदायको उत्थानका लागि नगरपालिकाले लिएको नीतिअनुसार घर निर्माण गरिदिन लागिएको हो”, नगर प्रमुख पुनले भन्नुभयो, “हामी प्रत्येक वर्ष विपन्न नागरिकको घर निर्माणको कार्यक्रमलाई निरन्तरता दिँदै जानेछाँै । नगरभित्रका हरेक पिछडिएका समुदायको उत्थान गर्नु, सबैलाई सबल बनाउने आफूहरुको योजना रहेको बताउँदै यसैको निरन्तरता स्वरुप घर निर्माण कार्यक्रम भएको प्रमुख पुनले बताउनुभयो ।

कावासोती नगरपालिका वडा नम्बर ७, ११, १२ र १३ मा गरी २७ घर निर्माण गर्न लागिएको हो । कावासोती ७ र १३ मा दश वटाका दरले घर निर्माण गरिने छ । वडा नम्बर ११ मा चार र वडा नम्बर १२ मा तीन वटा घर निर्माण गरिने छ । गएको आर्थिक वर्षमा कावासोती नगरपालिका–१५ मा १० वटा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

माझी मुसहर समुदायका परिवारलाई घर निर्माण गर्ने निर्णयअनुसार प्रक्रिया शुरु गरेको कावासोती नगरपालिका–१२ का अध्यक्ष एवं प्रवक्ता खेमप्रसाद काफ्लेले बताउनुभयो । घर निर्माणका लागि प्रतिघर रु दुई लाख प्रदान गरिने छ । दुई कोठाको टिनले छाएको पक्की घर निर्माण गरिने कावासोती नगरपालिकाका प्रवक्ता काफ्लेले बताउनुभयो ।

वडाका अति विपन्न परिवारलाई वडाले पहिचान गरी सिफारिस गरेअनुसार नगरपालिकाले घर निर्माण गर्न लागेको हो । घर यसै आवभित्रमा निर्माण गरी हस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ ।