२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका सिकारीले समाते बाँदर



अ+ अ-

काठमाडौं । नजिकका राष्ट्रिय निकुञ्जमा पुर्याउने गरी खोटाङमा बाँदर समात्न थालिएको छ । अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समातेर निकुञ्ज पुर्याउने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘बाँदर समाउ अभियान’ थालिएको हो ।

बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज राईका अनुसार भारतको उत्तर प्रदेशबाट झिकाइएका सिकारीले मंगलबार उक्त नगरपालिकाको वडा नम्बर ५, लफ्याङको लुछिममा २५ वटा बाँदर समातेरका छन् । बाँदर समात्न दुई स्थानमा चारो राखेर जाल थापिएको थियो । त्यसमा परेका बाँदरलाई फलामे खोरमा थुनेर राखिएको दिक्तेल रुपाकोट मझवागढी नगरपालिका ५ का वडाध्यक्ष निर्मल राईले जानकारी दिए । यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।