१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेपाङ महिलाको जीवन, २१ वर्षमा ४ बच्चा



अ+ अ-

हेटौँडा । उमेर २१ वर्ष । विवाह भएको ९ वर्ष भइसकेको छ । ४ बच्चाकी आमा नै भइसकिन् दर्गम राक्सिराङ गाउँपालिकास्थित सिलिङेकी निरमाया चेपाङ । कलिलै उमेरमा उनका २ छोरा र २ छोरी छन् । कान्छो छोरा ७ महिने छ । ७ महिनादेखि चार वर्षसम्मका चार बच्चा भएकी उनको भदौ महिनादेखि रजश्वता रोकिएको छ । रजश्वला रोकिनु, गर्भवती हुनु, बच्चा पाउनु जनको नियतिजस्तै देखिएको छ ।

बाल्यकालदेखि नै दाहिने खुट्टा गुमाएकी निरमायाको विवाह गाउँकै केटासँग १२ वर्षको उमेरमा भएको थियो । पतिको पनि देब्रे खुट्टा छैन । संयोग नै भन्नुपर्छ दुवैको खुट्टा बाल्यकालमा खँगेनामा परेर जलेको हो । छोराछोरी अँगेनाको छेउमा सुताएर दुवैको आमाबाबु दिउँसो कन्दमुल खोज्न जंगल गएको अवस्थामा अँगेनामा खुट्टा परेर जलेको थियो ।

घर नजिक स्कुल भएर पनि पढ्न नगएकी निरमायालाई अहिले बच्चा कसरी हुर्काउने भन्ने चिन्ता छ । टाउको लुकाउने एउटा फुसको घर छ । यो समाचार कान्तिपुरमा छापिएको छ ।