२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थी बिरामी हुँदा विद्यालयमै बोकाको बलि



अ+ अ-

रोल्पा । बुधबार बिहानै घामको झुल्कोसँगै विद्यालयको हातामा कालो बोका बाँधियो । शक्तिशाली भनिएका धामीहरुले फूल–अक्षतालगायत झारफुकका सामग्री तयार पारे ।

विद्यार्थी र अभिभावकले स्कुल भरिभराउ भयो । सानाठूला बिद्यार्थी विद्यालय हातामा प्रवेश गरेसँगै ‘ऊ आयो आयो’ भन्दै बेहोस हुन थाले । बिरामी भएर ढलेका विद्यार्थीको टाउको माथि मन्तर गर्दै धामीले ‘पाती र चँवर’ चलाउन सुरु गरे । पाँच/सातजना हुँदै दर्जनभन्दा बढी विद्यार्थी चिच्याउँदै बेहोस हुन थालेपछि अभिभावक आत्तिए ।
दुई महिनायता लगातार विद्यार्थी बिरामी पर्न थालेपछि रोल्पा सदरमुकाम लिवाङछेउमा रहेको पिताराज आधारभुत विद्यालयमा दोस्रोपटक धामी बलालिएको हो ।

‘अभिभावकहरुले नै स्कुलमै धामी बसाल्नुभएको हो । जति गर्दा पनि भएन आज त कालो बोकासहित धामी बसेका हुन्,’ विद्यालयकी प्राधानाध्यापक लीला आचार्यले बताइन् । यो समाचार आजको नागरिक दैनिकबाट लिएका छौ ।




भर्खरै