३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैदी बन्दी आन्दोलित भएपछि जिल्ला कारागार दिनभर तनाब ग्रस्त



अ+ अ-

भद्रपुर । जिल्ला कारागार झापाका कैदी बन्दी कारागार प्रशासन बिरूद्ध बिहानैदेखि आन्दोलित भएपछि जिल्ला कारागारमा दिनभर तनाब बढेको थियो । १७ सूत्रीय माग राखेर चरणबद्ध आन्दोलन थालेका कैदी बन्दीले कारागार प्रशासनको नेतृत्व गरिरहेका प्रमुख राजु दाहालको ज्यादती बढेको भन्दै आन्दोलित भएका हुन् ।

प्रशासक दाहालले कैदी बन्दीमाथि शोषण गरेको, विभिन्न बाहनामा कैदी बन्दीसित पैसा असुल्ने गरेको, रासन पानी वितरणमा विभेद गरेको, कारागार प्रशासनको खर्च कैदी बन्दीबाट असुल्ने गरेको, स्वास्थ्य उपचारमा कैदी बन्दीमाथि आर्थिकभार बोकाएको, १५ दिनमा पाउने कैदी बन्दीको स्केल समयमै उपलब्ध नगराएको लगायत १७ बुँदे माग राखी आन्दोलनमा उत्रेका हुन् ।

बन्दी विकास पुस्तकालयका सचिव युवराज गिरीले दिएको जानकारी अनुसार प्रशासक दाहालले अमानवीय कार्य बढाएका कारण कैदी बन्दी आन्दोलित भएका हुन् ।

यता जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसी कैदी बन्दीका गुनासा सम्बोधन गर्न तथा आन्दोलन रोक्न तत्कालका लागि कारागार प्रमुख राजु दाहाललाई प्रशासनमा फिर्ता बोलाएर सो ठाउमा जिल्ला प्रशासन कार्यालय झापाका प्रशासकीय अधिकृत चुडाराज भट्टराईलाई पठाएएपछि कैदी बन्दीको आन्दोलन मत्थर भएको छ ।