• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक ★   नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी ★   तनहुँलाई खेलकुद हबका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले ★   टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसक्योः रोहित ★   अब छोराछोरीको कमाइको १० प्रतिशत बाबुआमालाई दिनुपर्छ: मन्त्री चौधरी ★   सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप ★   हमासको अन्त्य नभएसम्म गाजा युद्ध अन्त्य नहुने नेतान्याहुको दावी ★   भलिबलको लागि आवासीय कभर्ड हल बनाउनेछौँः मन्त्री श्रेष्ठ ★   एघार दिनपछि मनसुन भित्रिने पूर्वानुमान

लेखा समितिको पत्रप्रति अख्तियार प्रमुख असन्तुष्टि



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सको वाइडबडी जहाज प्रकरणमा छानबिन सुरु गरेको छ। अख्तियारले सहसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति बनाई छानबिन सुरु गरिएको पत्र संसद्को लेखा समितिलाई पठाएको खबर अन्नपूर्ण पोस्टमा समाचार छ।

वाइडबडीमा झन्डै ४ अर्बको भ्रष्टाचार ठहर गर्दै लेखा समितिले कारबाहीका लागि अख्तियारलाई पत्र पठाएको थियो। ‘अख्तियारले छानबिन सुरु गरेको पत्र समितिलाई प्राप्त भएको छ,’ लेखा समिति सभापति भरत शाहले भने, ‘अख्तियारले छिटो अध्ययन गरेर दोषीलाई कारबाहीका लागि पहल गर्छ भन्ने समितिको विश्वास छ।’

नेपाल एयरलाइन्सको वाइडबडीमा भ्रष्टाचारको ठहर गरेको लेखा समितिले विभागीय मन्त्रीलाई नैतिक जिम्मेवार ठहर गर्दै निगमको सञ्चालक समितिलाई निलम्बनका लागि सिफारिस गरेको छ। तर, अख्तियारले भने छानबिनपछि मात्र निलम्बनलगायत कारबाहीबारे अघि बढ्न सकिने जानकारी समितिलाई गराएको छ।
अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले वाइडबडीमा कारबाहीका लागि लेखा समितिले पठाएको पत्रको शैलीबारे असन्तुष्टि जनाएका छन्।