१६ आश्विन २०८१, बुधबार
,
Latest
डुंगा नहुँदा उद्धार गर्न धेरै दु:ख भयो, पाँच वटा डुंगा किन्छौँ: मेयर महर्जन संसदीय समितिबाट प्रश्तावित प्रधानन्यायाधीश राउत र प्रश्तावित राजदुत यादवको नाम अनुमोदन सरकारले छुट्टै संयन्त्र बनाएर खानेपानी परीक्षण र अनुगमन गर्ने वृहत्तर राष्ट्रिय स्वार्थ र हित अभिवृद्धि हुनेगरी काम गर्नेछु: प्रश्तावित राजदुत यादव ‘सुगर ड्याडी’ उर्फ आशिष देउलालाई थुनामा पठाउन आदेश काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ: मन्त्री यादव बलान नदी कटानले जोखिममा बस्ती भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघको मृत्यु बारलाई प्रश्तावित प्रधानन्यायाधीशको प्रश्नः न्यायपरिषद्को कामलाई असंवैधानिक भनेर अर्थ लगाउँदा के हुन्छ ? अँधेरी खोलामा पुल बनेपछि आवागमन सहज
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा २५ खेलाडीलाई बोलाइयो



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणका लागि २५ खेलाडीलाई बोलाइएको छ ।

थाइल्याण्ड र थाइ क्लब चोनबरी एफसीसँगको मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बन्द प्रशिक्षणमा २५ खेलाडीलाई डाकेका हुन् । 

नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्ने तय भइसकेको छ । 
यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मैत्रीपूर्ण खेल खेल्नेछ । उक्त खेल मार्च २७ मा हुनेछ । दुबै खेल चोनबरीमा हुने एन्फाले जनाएको छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।

छनोटमा नेपाल  समूह ‘ए’मा रहेको छ जसमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

प्रशिक्षणमा बोलाइएका खेलाडीहरुः 
किरण कुमार लिम्बु, टिकेन्द्र थापा, दीप कार्की, आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नविन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन अर्याल, सुमन लामा, सुदिप गुरुङ, सुरज ज्यु ठकुरी, तेज तामाङ, सुबाश गुरुङ, रोहित चन्द, जगजित श्रेष्ठ