

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिने भएका छन् ।
केहि दिन अघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्दय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठन गर्ने र त्यसबाट अर्थमन्त्री खतिवडालाई समेत हटाउने चर्चा चुलिएका बेला अर्थमन्त्री आफैंले ओलीलाई भेटेर राजीनामा दिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले डा. खतिवडालाई अर्थमन्त्रीको रुपमा नियुक्ति हुदाँ पार्टीभित्र तिब्र असन्तुष्टि बढेको थियो । तत्कालीन नेकपा एमालेका महासचिव ईश्वर पोखरेल नै अर्थमन्त्री हुन चाहेका समाचार सार्वजनिक भएका थिए । तत्कालीन एमालेका सचिव प्रदीप ज्ञवाली पनि अर्थमन्त्री बन्ने लविङमा रहेको भनिएको थियो ।