१८ भाद्र २०८३, बिहीबार
,
Latest
कचनकवल गाउँपालिकाद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग भोटेकोशी बाढीपीडितका लागि तनहुँ उद्योग वाणिज्य संघको १ लाख ५६ हजार सहयोग भोटेकोशी बाढीः मिथिला नगरपालिकाको ४१ लाख सहयोग भोटेकोशी बाढीः हेटौँडाका शैक्षिक संस्थाबाट ३२ लाख सहयोग डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले प्रहरीबाट अवकाशपछि कृषि पेसामा रमाइरहेका विष्ट भोटेकोशी बाढीः कञ्चनपुरबाट एक करोड ३२ लाख बढी सहयोग कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिने



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले राजीनामा दिने भएका छन् ।

केहि दिन अघि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्दय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठन गर्ने र त्यसबाट अर्थमन्त्री खतिवडालाई समेत हटाउने चर्चा चुलिएका बेला अर्थमन्त्री आफैंले ओलीलाई भेटेर राजीनामा दिने बताएका छन् ।

प्रधानमन्त्री ओलीले डा. खतिवडालाई अर्थमन्त्रीको रुपमा नियुक्ति हुदाँ पार्टीभित्र तिब्र असन्तुष्टि बढेको थियो । तत्कालीन नेकपा एमालेका महासचिव ईश्वर पोखरेल नै अर्थमन्त्री हुन चाहेका समाचार सार्वजनिक भएका थिए । तत्कालीन एमालेका सचिव प्रदीप ज्ञवाली पनि अर्थमन्त्री बन्ने लविङमा रहेको भनिएको थियो ।