२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारी जानेको सख्या घट्दो, रेमिट्यान्स पनि घट्ने



अ+ अ-

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीलाई निरुत्साहित गरी स्वदेशमा नै रोजगारी दिने योजना ल्याइरहेका बेला विदेश जाने नेपालीको संख्या पनि घटेको देखिएको छ ।

मेलेसिया र कतार संकटका कारण वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या १४ प्रतिशतले घटेको देखिएको हो । यसको असर तत्काल रेमिट्यान्स आप्रवाहमा नदेखिए पनि अर्को वर्ष भने रेमिट्यान्स घट्ने देखिन्छ ।

गत आर्थिक वर्षको ७ महिनाको तुलनामा चालू आर्थिक वर्षको माघसम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या १४ प्रतिशतले घटेको हो ।

खाडी राष्ट्रमा आएको आर्थिक मन्दी र मलेसिया जान रोक लगाएसँगै चालू आर्थिक वर्षको ७ महिनासम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या एक्कासी घटेको देखिन्छ । यो समाचार आजको कारेबार दैनिकमा छ ।