१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकालाई तारबाट मुक्त बनाउने



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई पोलमा झुन्डिएका विद्युत्का तारबाट मुक्त बनाउने भएको छ ।

प्राधिकरणले यसका लागि विद्युत् वितरण लाइनलाई भूमिगत गर्ने आयोजना अघि बढाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका अनुसार रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज वितरण केन्द्रको क्षेत्रमा पर्ने झन्डै ६ सय किलोमिटर ११ केभी र ४ सय भोल्टेज वितरण लाइनलाई भूमिगत गरिनेछ ।
यो काम गर्न प्राधिकरणले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत कम्पनी छनोटसमेत गरिसकेको छ । तर, सम्झौता भने हुन बाँकी छ । छनोटमा परेको भारतीय कम्पनी केइआई इन्डिस्ट्रिज इन्डियालाई २८ दिने सूचना दिएर सम्झौता गर्न आउन पत्राचार गरिएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।