• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   शून्य समय: संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन  ★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस ★   टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ? ★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै ★   पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा

मन्त्री पुनले गरे विद्यालयलाई पाँच लाख सहयोग



रोल्पा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि रु पाँच लाख सहयोग गर्नुभएको छ ।
रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले स्थापना गरेको रु एक करोडको अक्षयकोषका लागि मन्त्री पुनले सो रकम सहयोग गर्नुभएको हो । विसं २०४२ देखि आफूले माध्यमिक तहमा अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको उहाँले बताउनुभयो ।

छात्रवृत्तिले गरीब, जेहेन्दार द्वन्द्वपीडित र अपाङ्गता भएका विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने मन्त्री पुनले विश्वास व्यक्त गर्नुभयो । जिल्लाको नमूना माविको थप विकास र स्तरवृद्धिका लागि पूर्वविद्यार्थीले खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले विद्यालयलाई देशकै नमूना बनाउन आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिक्षाका लागि अझै पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको औँल्याउँदै मन्त्री पुनले जिल्लाभित्रै गुणस्तरीय प्राविधिक शिक्षालयको स्थापना गर्न आफू लागिपरेको उल्लेख गर्नुभयो ।