३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयङ्का (प्रियंका र आयुष्मान) स्वच्छ वातावरण अभियानकर्मीमा नियुक्त



अ+ अ-

काठमाडौँ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त भएका छन् । । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उनिहरूलाई अभियानकर्मी नियुक्त गरेको जनाइएको छ ।

देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो ।

केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उद्देश्यका साथ आयङ्का फाउन्डेशन दर्ता गरेका उनिहरूले उक्त महाअभियानको अभियानकर्मीको रुपमा आफूलाई पाउँदा खुशी लागेको बताउँदै दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।