३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जग्गा नहुँदा एक हजार ६५५ भूकम्पपीडितले घर बनाउन पाएनन्



अ+ अ-

चितवन । झण्डै चार वर्षअघिको भूकम्पका कारण जिल्लामा घर क्षति भएकामध्ये एक हजार ६५५ परिवारको आफ्नै जग्गा नहुँदा पुनःनिर्माणबाट वञ्चित भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आफ्नै जग्गा नहुनेलाई जग्गा खरीदका लागि रु दुई लाखसमेत दिने भए पनि सो रकमले जग्गा खरीद गर्न नसकिने भन्दै लाभग्राही कार्यालयको सम्पर्कमा नआएका हुन् ।

जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका इञ्जिनीयर सुजन नेपालका अनुसार हालसम्म जग्गा खरीदका लागि कोही पनि आएका छैनन् ।

नेपालले घर क्षति भएका मध्ये एक सय जनाले पहिलो किस्तावापतको रु ५० हजार समेत लगेका छन् । घर निर्माणका लागि नक्सा पास गर्नुपर्ने प्रावधान बनेपछि आफ्नो जग्गा नभई वन र ऐलानी क्षेत्रमा बसेकाले घर निर्माणका लागि रकम नपाएका हुन् । प्राधिकरणले जग्गा खरीदका लागि विनियोजन गरेको रकम अपुग भएका कारण कोही पनि सम्पर्कमा नआएको नेपालले बताए ।

प्रभावित कतिपय भूकम्पले भत्काएको घर टालटुल गरी असुरक्षित रूपमा बसेका छन् भने कतिपय आफन्त र चिनजानका खाली भएका घर गोठमा बस्दै आएका छन् । पुरानो बसेको ठाउँमा धेरै जग्गा चर्चेर बसेका कारण अहिले सरकारले दिने रकमले खरीद गर्न सकिने विकटको थोरै जग्गामा जान उनीहरुले रुचि नदेखाएका हुन् ।

कार्यालयको सहयोगमा हालसम्म जिल्लामा एक हजार ८७८ घर निर्माण सम्पन्न भइसकेका छन् । घर बनाउन तीन हजार ५८८ परिवारले दोस्रो किस्ता लगेका छन् भने पहिलो किस्ता लानेको सङ्ख्या पाँच हजार ७८० परिवार रहेको छ । भूकम्पबाट जिल्लामा सात हजार ३३५ परिवारको घर पूर्णरुपमा क्षति भएको थियो ।

त्यसैगरी ५९३ परिवारको घरमा आंशिक क्षति पुगेको तथ्याङ्क छ । पछि घरमा आंशिक क्षति पुगेको तर नाम छुटेको भन्दै ६ हजार १८ जनाले गुनासो दर्ता गराएको कार्यालयले जनाएको छ ।

भूकम्प गएको दुई वर्षपछि कार्यालय खुलेका कारण सोही बीचको समयमा आफैँ घर बनाउने करीब एक हजार ५०० परिवारले पनि मापदण्ड नपुगेको भन्दै निकासा पाउन सकेका छैनन् । भूकम्पले घर पूर्ण क्षति भएका परिवारलाई प्राधिकरणले निर्माणका लागि रु तीन लाख अनुदान दिँदै आएको छ ।