१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

८१ वर्षीय वृद्धा बलात्कार गर्ने ३५ वर्षीय गोरे पक्राउ



अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखुपिप्लेकी ८१ वर्षीय वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा स्थानीय ३५ वर्षीय गोरे परियारले राम्रोसँग बोल्न र हिँड्न नसक्ने वृद्धालाई बतात्कार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

राति घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै भएको मौका छोपी बलात्कार गरेको थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । बलात्कारमा संलग्न आरोपित गोरे परियारलाई भाग्न लागेको अवस्थामा छिमेकीले समातेर प्रहरीको जिम्मा लगाएको हुन्

प्रहरीका अनुसार वृद्धा मात्र सुतेको घरभित्र वृद्धाले अस्वभाविक आवाज निकालेपछि छेवैका घरमा बस्ने नातिनीले हेर्दा बलात्कार गर्न लागेको देखेपछि उनले छिमेकीलाई खबर गरेकी थिइन् । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।