११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सयौ रोपनी सरकारी जग्गा अतिक्रमण, सम्बन्धीत निकाय मौन

सयौ रोपनी सरकारी जग्गा अतिक्रमण, सम्बन्धीत निकाय मौन
अ अ+ अ-

काठमाडौं । गोदावरी नगरपालिकाले २ सय रोपनी सरकारी जग्गा धमाधम संरचना बनिरहेको छ । गोदावरी नगरपालिका–९ मा निजी लगानीमा व्यवसायिक प्रयोजनका लागि अबैध रुपमा संरचना बनाउने काम तीव्र बनाइएको छ ।

अहिले उक्त स्थानमा भौतिक संरचना निर्माण गर्ने कामले तीव्रता पाएको छ । त्यस स्थानलाई व्यवसायिक प्रयोजनका बिभिन्न किसिमका भौतिक संरचना बनि रहेका छन ।

डाँडाभरीका रुख विरुवा काटेर डाडालाई सम्म पारिएको छ भने जथाभावी रुपमा सडक खनिएको छ । सरकारी जग्गा अतिक्रमण हुदापनि नगरपालिका भने मौन रहेको छ ।

नगरपालिकाको नगरपरिषद र नगर बोर्ड बैठकले वडा ९ स्थित फिसिङ डाँडाको २ सय रोपनी सार्वजनिक जग्गा लिजमा दिने निर्णय गरेको थियो ।
स्थानीय सरकार संचालन ऐन, २०७४ मा स्पष्ट रुपमा सार्वजनिक जग्गा सम्पत्तिको संरक्षण गर्नु पर्ने उल्लेख गरिएको छ । सोही ऐनको दफा ९७ मा गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रभित्रको सम्पत्तिको रेखदेख,मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने उल्लेख गरिएको छ ।

सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्ति, आफ्नो स्वामित्वमा रहेको भवन, जग्गा, पार्क लगायत अन्य संरचनाको गाउँपालिका तथा नगरपालिकाले संरक्षण गर्नु पर्ने ऐनमा उल्लेख गरिएको छ ।

सोही ऐनको दफा ९७को उपदफा २ मा सार्वजनिक तथा सामुदायिक सम्पत्ति बेचविखन गर्न वा अरु कुनै व्यहोराले हक हस्तान्तरण गर्न वा लिजमा दिन नपाउने व्यवस्था गरेको छ भने सोही दफाको उपदफा ३ मा नेपाल सरकारको स्विकृति नलिई यस्ता कामहरु गर्न नहुने उल्लेख गरिएको छ ।

नगरपालिकाले सार्वजनिक–नीजि साझेदारी नीतिको नाममा गैरकानुनी ढंगले व्यक्तिलाई सार्वजनिक जग्गा लिजमा दिन लागिएको स्रोतले बताएको छ । स्रोतका अनुसार उक्त जग्गा २५ वर्षसम्मका लागि लिजमा दिनका लागि सम्झौता गर्ने अन्तिम तयारी गरिरहेको छ ।

नगरपालिका प्रमुख गजेन्द्र महर्जनले उक्त जग्गा लिजमा दिन लागिएको नभई निजि साझेदारी नीति अपनाएर नगरपालिकाको स्वामित्वमै जग्गा रहने गरी काम गर्न लागिएको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘त्यत्तिकै खेर गईरहेको पाखा हो । हामीले त्यसलाई संरक्षण गर्ने उद्देश्य नै राखेर काम गर्न लागेका हौ । लिजमा दिन लागिएको होईन ।’
यसका लागि नगरपरिषद र नगर बोर्डले ३ महिना अघि नै निर्णय भएको उहाँले दावी गर्नुभयो ।

‘नगर परिषदले पनि निर्णय गरिसकेको छ । नगरबोर्डमा पनि निर्णय भईसकेको छ,’ नगरप्रमुख महर्जनले भन्नुभयो–‘खेर गईरहेको पाखोमा कलाकृति मार्फत पर्यटन विकास गर्दै नगरको पनि विकास हुने भएकोले निर्णय भएको हो ।’
नेपाल आर्ट भिलेजले सोही डाँडामा अहिले विना डिजाईन, विस्तृत परियोेजना प्रतिवेदन ९डिपिआर० विनै सडक खन्ने, विभिन्न संरचनाहरु निर्माण गर्ने काम सार्वजनिक जग्गा मै गरिरहेको छ ।

भिलेजले नगरपालिकाले २ सय ५० रोपनी सार्वजनिक जग्गा माग गरेको स्रोतले बताए। भिलेजले २ सय रोपनी जग्गा यसअघि स्थानीयसँग खरिद गरिसकेको छ । भने अहिले सार्वजनिक जग्गा मिचेर गोरेटो बनाउने, सम्म्याउने, संरचना, सडक खन्ने काम गरिरहेको छ । तर भिलेजले भने त्यी सबै व्यक्तिगत जग्गा भएको दाबी गरिरहेको छ ।

भिलेजका अध्यक्ष राजेश अवालेले आफूहरुले सार्वजनिक जग्गा मिचेर काम नगरेको बताउनुभयो । विभिन्न संरचनाहरु निर्माणका लागि आफूहरुको जग्गा नै काफि रहेको भन्दै उहाँले भन्नुभयो–‘हाम्रो जग्गा नै २ सय रोपनी छ । जग्गा माग त गरेको हो तर पाईएको छैन । हामीले सार्वजनिक जग्गा मिचेको छैन ।’
भिलेजले उक्त डाँडामा ६४ फिट अग्लो भैरबको मुकुट स्थापना गरेर विश्व रेडर्क राख्ने बताईएको छ । हस्तकलाको प्रदर्शन स्थल, भ्यु टावर, रेष्टुराँ राख्ने योजना भिलेजको छ ।

वडा ९ अध्यक्ष आत्मराम थापाले पर्यटन विकास र जग्गा संरक्षण गर्न नगरपालिका र नेपाल आर्ट भिलेज दुबैको स्वामित्वमा उक्त डाँडामा विभिन्न संरचनाहरु बन्न लागिएको बताउनुभयो । ‘राजश्व र टिकट नगरपालिकाले लिनेछ । नगर र भिलेज दुबैको स्वामित्वमा विकास हुने हो । लिजमा होईन ।’, उहाँले भन्नुभयो । नेपाल समाचार पत्र दैनिकमा खबर छ ।