१० भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक



नेपाल राष्ट्र बैंक
नेपाल राष्ट्र बैंक
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान गरेको हो । 

फागुन मसान्तसम्म भुक्तानीको मिति तोकिएको ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज २ बजेसम्म बोलकबोलमा भाग लिन पाउने केन्दीय बैंकले जनाएको छ । बैंकले प्राप्त आवेदनका आधारमा शुक्रबार ट्रेजरी खरिद गर्नेछ ।

बैंकका अनुसार बैंकिङ प्रणालीमा न्यून तरलताको स्थिति देखिएमा तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण ‘सोझै खरिद’ हो । यो उपकरणको केन्द्रीय बैंकले तोकिएको दिन भित्र भुक्तानी मिति भएका ट्रेजरी बिल इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल माध्यमबाट खरिद गर्दछ र त्यस बापतको रकमा ती बोलकर्तालाई भुक्तानी गर्ने भएकाले बैंकिङ प्रणालीमा तरलता प्रवाह हुन्छ । 

राष्ट्र बैंकले प्रणालीमा तरलताको चाप पर्दा यस्ता उपकरणको निरन्तर प्रयोग गर्दै आएको छ । बैंक तथा वित्तीय सस्थाले स्थायी तरलता सुविधा, रिपोजस्ता उपकरणको प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन । बैंकको औषत कर्जा निक्षेप अनुपात मौद्रिक नीतिले ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरे पनि बढेर ९० दशमलव ८५ प्रतिशत पुगेको छ । यसले बजारमा लगानीयोग्य रकमको अभार रहेको पुष्टि हुन्छ । रासस