८ पुष २०८२, मंगलवार
,
Latest
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार सात अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा गिरावट भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव १७ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५६ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५६ विन्दुले घटेर २३४ दशमलव २२ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६५ कम्पनीको छ लाख ५३ लाख २८ कित्ता शेयर कारोवार भए । तर कारोवार रकम भने सोमबारको तुलनामा कम भएको छ । स्टकका अनुसार आज रु १६ करोड ५६ लाख ७२ हजार २५८ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका दश उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । बैंकिङ चार दशमलव छ, होटल २६ दशमलव ९४, विकास बैंक चार दशमलव ७२, जलविद्युत् छ दशमलव ४७, वित्त दुई दशमलव ६५, निर्जीवन बीमा ४५ दशमलव ०२, उत्पादन २१ दशमलव पाँच, अन्य सात दशमलव ७६, लघुवित्त १४ दशमलव ३३ र जीवन बीमा ३१ दशमलव २४ विन्दुले घटेको छ ।

घटेको बजारमा नेशनल हाइड्रोपावरका शेयरधनीले तीन दशमलव ३३, पूर्णिमा विकास बैंक दुई दशमलव ६७, गुर्खाज फाइनान्स लिमिटेड एक दशमलव ९८, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले एक दशमलव ९० प्रतिशतले कमाएका छन् ।

यस्तै जोशी हाइड्रोपावरका शेयरधनीले सात दशमलव ८५, नाडेप लघुवित्त वित्तीय संस्था तीन दशमलव ९६, हिमालयन डिस्ट्रिलरीका शेयरधनीले तीन दशमलव ९२ र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले तीन दशमलव ७७ प्रतिशतले कमाएका छन् ।