८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिलालेखमा नाम नसच्याएको भन्दै क्याम्पस प्रमुखलाई तीन घण्टा थुने



अ+ अ-

स्याङ्जा । गल्याङ क्याम्पस प्रमुख मंगलबार कार्यालयमै तीन घण्टा थुनिएका छन् । क्याम्पस हाताभित्र रहेको खानेपानीको धारामाथि टाँसिएको शिलालेखमा नाम नसच्याएको भन्दै नेपाल विद्यार्थी संघल क्याम्पस प्रमुख बालकृष्ण चापागाईंलाई कार्यालयमै तीन घण्टा थुनेका हुन् ।

माघ २२ गते टाँसिएको गल्याङ् नगरपालिकाको सहयोगमा गल्याङ बहुमुखी क्याम्पसमा निर्मित खानेपानीको धारामाथिको शिलालेखमा अनेरास्ववियुद्वारा निर्मित भनी लेखिएपछि नेविसंघले नाम सच्चाउन आग्रह गरेको थियो ।

क्याम्पस प्रशासन र गल्याङ् नगरपालिकामा समेत पटक–पटक जानकारी गराउँदा दुबै पक्षले गलत भनी स्वीकार गर्ने तर शिलालेखमा लेखिएका वाक्यांश सच्चाउन नचाहेका कारण क्याम्पस प्रमुखलाई थुन्न बाध्य भएको इकाई सभापति छविलाल भूसालले बताए ।