११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

भारत बिरुद्ध पाकिस्तान जवाफी कारवाही गर्ने

भारत बिरुद्ध पाकिस्तान जवाफी कारवाही गर्ने
अ अ+ अ-

काठमाडौं । भारतीय वायु सेनाले पाकिस्तानी सीमा क्षेत्रभित्र पसेर हवाई हमला गरेको छ । भारतले पाकिस्तानसँगको सीमा क्षेत्र उल्लंघन गरी हवाई हमला गरेको स्वीकार गरेको छ । उसले भारतमाथि पाकिस्तानमा क्रियाशील जैस–ए–मोहम्मद समूहले आक्रमणको तयारी गरिरहेको गुप्तचरको रिपोर्टका आधारमा आत्मरक्षाका लागि सो समूहको तालिम केन्द्रलाई लक्षित गरी हमला गरेको दाबी गरेको छ ।

भारतले पाकिस्तानी सीमा क्षेत्रभित्र हमला गरेपछि पुनः भारत र पाकिस्तानबीच तनाव अझै बढेको छ । गत १४ फेब्रुअरीमा भारत प्रशासित कश्मिरको पुलवामामा कारबम हमला हुँदा ४० भन्दा बढी भारतीय सीआरपीएफ जवानको मृत्यु भएपछि भारत पाकिस्तानमाथि आक्रामक बनेको हो ।
पाकिस्तानले यो आक्रमणले भारतले पाकिस्तान सीमाको उल्लंघन गरेको उल्लेख गर्दै यसको जवाफ दिने चेतावनी दिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले जस्तोसुकै अवस्था आए पनि त्यसको सामना गर्न तयार रहन सबैलाई आग्रह गरेका छन् । यद्यपि पाकिस्तानी अधिकारीले भारतीय वायु सेनाले पाकिस्तानी भूमिमा बर्साएका बम खाली क्षेत्रमा खसेको र त्यसबाट कुनै मानवीय क्षति भने नभएको उल्लेख गरेको छ ।
भारतीय लडाकु विमान मिराजले भारत पाकिस्तानबीचको नियन्त्रण रेखानजिकै पाकिस्तानको खैबर पख्तन्ख्वाह प्राप्तमा रहेको बालाकोटमा जैस–ए–मोहम्मदको तालिम केन्द्रलाई लक्षित गरी हमला गरेको बताइएको छ । आक्रमण भएको क्षेत्र पाकिस्तान प्रशासित कश्मिरमा नभएर पाकिस्तानी सीमा क्षेत्रभित्र खैबर पख्तनख्वाह प्रान्तको मानसेरा जिल्लामा रहेको बालाकोटमा हो ।

भारतीय विदेश मन्त्रालयका तर्फबाट जारी गरिएको आधिकारिक वक्तव्यमा भनिएको छ, ‘यो कारबाहीमा ठूलो संख्यामा जैस–ए–मोहम्मदका आतंकवादी, तालिम लिइरहेका, वरिष्ठ कमान्डर र जिहादी समूहका कार्यकर्ता मारिएका छन् । उनीहरूले भारतमाथि हमला गर्ने तयारी गरिरहेका थिए । बालाकोटको अड्डा मौलाना युसुफ अजहरले चलाइरहेका थिए, जसलाई उस्ताद गौरीको नामबाट पनि चिनिन्छ ।’

पाकिस्तानी सेनाका प्रवक्ताले मंगलबार ट्विट गर्दै भारतीय लडाकु विमानले नियन्त्रण रेखा पार गरेर मुजफरबाद सेक्टरमा हमला गरेको र पाकिस्तानले त्यसको प्रतिवाद गरेपछि भारतीय लडाकु विमान बम खसालेर भागेको उल्लेख गरेका छन् ।
कसैको मृत्यु भएको छैन ः जैस–ए–मोहम्मद
भारतले पाकिस्तान प्रशासित कश्मिरमा रहेको जैस–ए–मोहम्मदका अड्डा ध्वस्त पारेको र केही आतंकवादी कमान्डर मारिएको दाबी गरे पनि त्यसको खण्डन भएको छ । यद्यपि भारतीय विमानले नियन्त्रण रेखा पार गरेको सूचना सबैभन्दा पहिले पाकिस्तानले दिएको थियो ।
तर, जैस–ए–मोहम्मद सूत्रले बालाकोटमा भारतीय मिराज लडाकु विमान हमलाका समयमा युसुफ अजहर त्यहाँ नरहेको बताइएको छ । युसुफ अजहर जैस–ए–मोहम्मदका संस्थापक मौलाना मसुद अजहरका सालो हुन् ।

आक्रमणको जवाफ दिन्छौं स् कुरैसी

पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैसीले भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेर पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको बताउँदै त्यसको उचित जवाफ दिइने बताएका छन् । आफ्नो वायुसेनाका विमानहरूले बम हानेर पाकिस्तानमा रहेको लडाकु समूह जैस–ए–मोहम्मदको शिविर ध्वस्त पारिएको दाबी भारतीय पक्षले गरिरहँदा पाकिस्तानी सेनाले भारतीय विमानलाई लखेटिएको बताएको छ ।
मंगलबार बिहान भएको सो हमलापछि पाकिस्तानको सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको छ । प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको बैठकले जैस–ए–मोहम्मद समूहलाई लक्षित गरी हमला गरेको भारतीय दाबीलाई खण्डन गरेको छ ।

बैठकपछि भनिएको छ, ‘बालाकोटनजिक रहेको कथित आतंकवादी शिविर नष्ट पारिएको र ठूलो मानवीय क्षति भएको भारतीय दाबीको हामी खण्डन गर्छौं ।’ पाकिस्तानले स्थानीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारलाई सो स्थानमा लैजान थालेको छ । बैठकपछि विदेशमन्त्री कुरैसीले भने, ‘एकचोटि फेरि भारत सरकारले आफ्नो उद्देश्य पूरा गर्न आधारहीन र मनगढन्ते दाबी गरेको छ । यो उनीहरूको आफ्नो घरेलु आवश्यकता पूरा गर्न गरिएको हो किनभने त्यहाँ निर्वाचनको वातावरण छ र त्यसका लागि क्षेत्रीय सुरक्षा र स्थिरतालाई गम्भीर खतरामा पारिदिए ।’

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सेना र सर्वसाधारणलाई जस्तोसुकै परिस्थितिका लागि तयार रहन आग्रह गरेको जानकारी दिँदै विदेशमन्त्री कुरैसीले भने, ‘यो पाकिस्तानविरुद्ध आक्रमण हो र पाकिस्तानले यसको जवाफ दिन्छ ।’
उनले परिस्थितिलाई बिगार्ने आफ्नो उद्देश्य नभएको तर आक्रमणको प्रत्युत्तर दिने पाकिस्तानको अधिकार भएको बताए । कश्मिर विवादकै कारण भारत र पाकिस्तानबीच पटकपटक युद्धसमेत भइसकेको छ ।

अत्यधिक संवेदनशील बन्न ईयूको आग्रह

भारतले पाकिस्तान प्रशासित कश्मिरमा हवाई आक्रमण गरेपछि युरोपेली संघ ९ईयू० ले दुवै एसियाली मुलुकलाई ‘अत्यधिक संयमता अपनाउन’ आग्रह गरेको छ ।

भारतीय युद्धक विमानले पाकिस्तानी क्षेत्रमा रहेको आश्रयस्थल बनाउँदै आएको बताइने मौलाना अजहरको नेतृत्वमा रहेको लडाकु समूह जैस ए–मोहम्मदको शिविरमा आक्रमण गरेको दाबी गरेपछि आणविक हतियार सम्पन्न भारत र पाकिस्तानबीच तनाव चर्किने सम्भावनालाई मध्यनजर गर्दै ईयूले संयमता अपनाउन आग्रह गरेको हो ।
केही दिन पहिले कश्मिरमा संघर्षरत जैस ए–मोहम्मद समूहले भारतीय सैनिकमाथि आत्मघाती आक्रमण गरी यसको जिम्मेवारी लिएको थियो । बदलामा भारतले मंगलबार बिहानै पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको भारतीय अधिकारीलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

मौलाना पाकिस्तानमै रहेकाले भारतले उनलाई भारतसमक्ष सुपुर्दगी गर्न आग्रह गर्नुका साथै पाकिस्तानविरुद्ध अन्तर्राष्ट्रिय कूटनीतिक दबाब सिर्जना गरिरहेको छ ।ईयू प्रवक्ता माजा कोसिजान्सिकले सञ्चारकर्मीसँगको कुराकानीमा भने, हामी दुवै मुलुकसँग सम्पर्कमा छौं । हामीले के विश्वास गरेका छौं भने दुवै मुलुकले अत्यधिक संयमता अपनाउन र स्थितिलाई थप तनावमा जान नदिन जरुरी छ ।’ राजधानी दैनिकमा खबर छ ।