२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनालाई १ अर्बको हतियार



अ+ अ-

काठमाडौँ । सरकारले सेनाका लागि १ अर्ब रुपैयाँको हतियार किन्ने भएको छ । एम १६ राइफल, गोलीगठ्ठालगायत खरिद गर्न लागिएको रक्षा मन्त्रालयले जनाएको छ ।
सेनालाई स्रोतसाधनसम्पन्न बनाउन लागिपरेका छौँ, एक वर्षमा गरेका कामबारे जानकारी दिँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भने, सेना राख्ने हो भने हतियार त चाहियो नि ।’ तर, सार्वजनिक खरिद ऐन बाधक रहेको उनले सुनाए । हाम्रो ऐन तथा नियमावलीले एकै चोटी भुक्तानी गर्न दिँदैन, उनले भने, अमेरिकासँग जी टु जी सम्झौता गरेपछि एकै पटक पाउनुपर्छ भन्ने हो ।’ ऐन संशोधनको तयारी रहेको उनले सुनाए ।

अमेरिकाले सन् २००२ देखि चारवटा स्काई ट्रक’ अनुदानमा उपलब्ध गराउने बताउँदै आएको छ । तर, अझै आएको छैन । अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार काठमाडौँमा जतिसक्दो छिटो पठाउने तयारी रहेका बताएका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।