८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय

भारतलाई लाग्यो झट्का, यूसूफ अजहर जिवितै रहेको दाबी

भारतलाई लाग्यो झट्का, यूसूफ अजहर जिवितै रहेको दाबी
अ+ अ-

v

भारतले हिजो पाकिस्तानको बालाकोटमा गरेको हवाई आक्रमणबाट जैस ए मोहम्मद संगठनको तालिम केन्द्र ध्वस्त पारेको भन्दै संगठन चलाईरहेका मुख्य मसूद अजहरका बहिनी ज्वाई मौलाना यूसूफ अजहरसहित अन्य कमाण्डरहरुको मृत्यु भएको भारतको दाबी थियो । भारतले पुलवा आक्रमणपछि पनि सो क्षेत्रमा जैस ए संगठनले भारतमा फेरी आक्रमण गर्ने योजना बनाई तालिम दिईरहेको भन्ने सूचना पाएपछि आक्रमण गरेको बताएको थियो ।

जुन आक्रमणमा ३ सय भन्दा बढि आतंककारीको ज्यान गएको भारतले दाबी गरेको थियो तर जैस ए मोहम्मद संगठनले मौलाना यूसूफ अजहर अझै पनि जिउँदै रहेको दाबी गरेको छ ।भारतले हवाई आक्रमण गरेको बेला उनी त्यहाँ नभएको उसले दाबी गरेको छ । त्यतीमात्र होईन भारतले आक्रमण गरेको बालाकोटमा कुनै पनि तालिम केन्द्र समेत नभएको र आफुहरुको कुनै कमाण्डर पनि नमरेको दाबी गरेको छ । मौलाना यूसूफ अजहर अहिले कहाँ छन् भन्ने यकिन छैन तर उनी सुरक्षित स्थानमा रहेको संगठनले दाबी गरेको छ ।

मौलाना यूसूफ अजहर पञ्जाब प्रान्तका नागरिक हुन् । उनको वास्तविक नाम मौलाना यूसूफ अजहरे होईन र उनको वास्तविक नाम के हो भन्ने बारेमा अझै थाहा हुन सकेको छैन । उनी संगठनको निकै सक्रिय सदस्य समेत हुन । जसको मृत्यु भएको दाबी भारतले गरेको थियो । मौलाना यूसूफ अजहरेको मृत्यु भएको दाबी गर्दे भारतले आफनो ठुलो उपलब्धी बताएको थियो । जसलाई संगठनले भारतको प्रोपग्राण्डा मात्र भएको उल्लेख गरेको छ । एजेन्सी