८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्याधुनिक हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ, द्वन्द्वकालमा सेनाबाट लुटेको अनुमान



अ+ अ-

धरान । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । प्रकाउ पर्नेमा मोरङको बेलबारी नगरपालिका–१० का देवकुमार लिम्बू र सन्दीप लिम्बू रहेका छन् ।

उनिहरुलाई धरानको पानमारा सडकखण्डमा चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले मोटरसाइकलबाट मोरङतर्फ जाँदै गरेको बेलामा मेसिन गन र एम–१६ सहित पक्राउ गरेको हो ।

प्रहरीले हतियार बरामद गरेपछि विप्लवकका एकजना कार्यकर्ता भने भाग्न सफल भएका छन् ।

पक्राउ परेका लिम्बू विप्लवको पूर्वी ब्यूरो सदस्य रहेको खुलेको छ। लिम्बुलाई अहिले पानीबारी प्रहरी चौकीमा राखेर अुनसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार बराम भएका दुवै हतियार माओवादीले द्वन्द्वकालमा नेपाली सेनाबाट लुटेको अनुमान गरिएको छ ।