१५ भाद्र २०८३, सोमबार
,
Latest
विपद् व्यवस्थापनमा सरकार पूर्ण सक्रिय छ, राहत र उद्धारमा कुनै कमी हुँदैनः प्रवक्ता पोखरेल परराष्ट्रमन्त्री खनाल र कतारका राज्यमन्त्री अल-मिसनदबीच टेलिफोन वार्ता एनआरएनए र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता चीन रेडक्रसद्वारा नेपाललाई २ हजार शव राख्ने झोला सहयोग लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गत वर्षसम्मको स्वास्थ्य बिमाको भुक्तानी सम्पन्न सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता पहिचान नभएका शवको वैज्ञानिक व्यवस्थापन भइरहेको छ, भविष्यमा आफन्तलाई हस्तान्तरण गर्न सकिन्छः सरकार बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको सम्पूर्ण शक्ति परिचालन रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । ताप्लेजुङ जाँदै गरेको एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।

तेह्रथुमको अठराई गाउँपालिका रहेको चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गर्न बुधबार काठमाडौंबाट उडेको हेलिकप्टर दुर्घटनामा परेको हो।

दुर्घटनाा परेको हेलिकप्टरमा पर्यटन मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहाल र अर्जुन गुरुङसहित ६ जना सवार रहेका बताइएको छ।

कल साइन एएमआई (अल्फा माइक इन्डिया) कल साइन भएको उक्त हेलिकप्टर हेलिकप्टर काठमाडौंबाट बिहान साढे ८ बजे उडेको थियो।दुर्घटनाको थप विवरण आउन बाँकी छ।