• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

काठेपुल तर्दा साइकललाई ५ र मोटरसाइकललाई २० रुपैयाँ



कञ्चनपुर । दोदा नदीमा बनाइएको काठे पुल तर्न साइकलले ५ र मोटरसाइकलले २० रुपैयाँ तिर्नुपर्छ । उक्त काठेपुल स्थानीय इटाहा बाबा मन्दिर सहयोग समितिले राखेको हो । नदी तरेको रसिद काटिरहेका रघुवीर रानाले समितिले नदीमा काठेपुल बनाइदिएको र सेवावापत पैसा लिने गरेको बताए ।

पुल नहुँदा त्यहाँका स्थानीयले आवातजावतमा समस्या भोग्दै आएका थिए । बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थायीले सुनाए ।

मामाघर जाँदै गरेकी उमिएला रानाले दोदा नदीको डरले आफूहरु कहिले काँही मात्रै हिउँदमा मामाघर जाने गरेको बताइन् ।

रानाले हिँउनदमा काठेपुलको सहारा भएपनि बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्न बाध्य हुने बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।