३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ५ घाइते



अ+ अ-

घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका १९ संक्राममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना भने घाइते भएका छन् ।

बुधबार साँझ दाङकै दुधरासबाट छिल्लीकोटतर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको जीप सडकबाट १ सय मिटर तल खस्दा चालकसहित दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा जीप चालक तुलसीपुर १९ बाँसगढीका १९ वर्षीय लाल बहादुर वली र जीपमा सवार तुलसीपुर १९ छिल्लीकोटका ५५ वर्षीय अम्बरबहादुर वलीको घटनास्थलमै मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।