११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

यस वर्ष निधन भएका मन्त्री, प्रदेश सांसद र स्थानीय तह प्रमुख

यस वर्ष निधन भएका मन्त्री, प्रदेश सांसद र स्थानीय तह प्रमुख
अ अ+ अ-

काठमाडौं। यस वर्ष दुर्घटना र बिरामीका कारण एक बहालवाला मन्त्री, तीन प्रदेश सांसद, एक मेयर र एक गाउँपालिका अध्यक्षको निधन भएको छ ।

ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भयो । ४९ वर्षीय अधिकारी कास्की २ बाट प्रतिनिधिसभामा निर्वाचित थिए ।

गत वैशाख ३१ मा भक्तपुर-१ ‘क’ का प्रदेश सांसद हरिशरण लामिछानेको ५१ वर्षको उमेरमा निधन भयो। मस्तिष्कघातका कारण काठमाडौंको केएमसी अस्पतालमा उपचार क्रममा उनको निधन भयो।

बागलुङ(२ ‘ख’ का प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको गत मंसिर २७ मा निधन भयो। ४६ वर्षीय घर्तीको भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा जन्डिसको उपचार क्रममा निधन भएको हो।

यस्तै, सवारी दुर्घटनामा परी दाङ-३ ‘ख’ का प्रदेश सांसद उत्तमकुमार ओलीको फागुन १० गते निधन भयो। ३७ वर्षीय ओली गत माघ २४ गते बुटवलबाट दाङ र्फकंदै गर्दा घोराहीको सडक खण्डमा दुर्घटनामा परेका थिए।

धरानका मेयर तारा सुब्बाको गत साउन १ गते निधन भयो। ‘सिभियर निमोनियाँ’ का कारण ग्रान्डी अस्पताल भर्ना गरिएका उनको ५२ वर्षको उमेरमा निधन भएको हो। गत माघमा पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अमरकुमार नेम्वाङको निधन भयोे। ७८ वर्षीय नेम्वाङको गत माघ २६ गते पाँचथरको घुर्बिसेमा आयोजित एक कार्यक्रममा एक्कासि ढलेपछि उपचारका लागि लैजाने क्रममा निधन भयो।

२०७४ पुस ३० गते संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटवालको पनि जिप दुर्घटनामा निधन भयो।

रिक्त स्थानमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न सकेको छैन। मकालु गाउँपालिका अध्यक्ष कटवालको निधन भएको एक वर्ष बितिसक्दा पनि आयोगले उपनिर्वाचनमा कुनै चासो देखाएको छैन।

गत पुसमा संघीय संसदको राज्य व्यवस्था समितिले रिक्त स्थानमा वैशाखभित्र निर्वाचन गराउन गृह मन्त्रालय र निर्वाचन आयोगलाई निर्देशन दिएको थियो। अहिलेको अवस्थामा वैशाखभित्र चुनाव हुने अवस्था देखिँदैन। समितिलाई पुसमा आयोगले दिएको जानकारीअनुसार दलित महिला सदस्य र महिला सदस्यबाहेक वडाध्यक्ष र मेयर र प्रदेश सदस्यसहित ३० जनाको पद रिक्त थियो। यस्तै १ सय ७५ वटा वडामा उम्मेदवारी नै नपरेका कारण दलित महिला सदस्यको पद खाली थियो। जसमा १३ वडाध्यक्षहरूको निधन भएको प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले समितिलाई जानकारी गराएका थिए।

आयोग प्रवक्ता शंकरप्रसाद खरेलले सरकारले मिति तोकिदिए आफू निर्वाचन गराउन तयारी अवस्थामा रहेको बताए। निर्वाचनका लागि कानुन चाहिने बताउँदै उनले भने, ‘प्रदेशसभा र स्थानीय तहको प्रमुखरउपप्रमुखका लागि कानुनमा व्यवस्था छ तर वडाध्यक्षका लागि छैन। निर्वाचन कानुनमा त्यसको व्यवस्था हुने र सरकारले मिति तोकिदिने हो भने हामी गराउन सक्छौं।’ संघमा १, प्रदेशमा ३, स्थानीय तहको प्रमुखमा ३, वडा अध्यक्षमा ३६ र अन्य गरी कूल ९ सय ४३ स्थानमा जनप्रतिनिधि रिक्त रहेको प्रवक्ता खरेलले जानकारी दिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।