१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिपटप डीएभी क्रिकेट एकेडेमीले जित्यो इन्डो-नेपाल क्रिकेटको उपाधि



अ+ अ-

काठमाडौँ। टिप टप इन्डो नेपाल एकेडेमी टी(२० क्रिकेट प्रतियोगिताको उपाधि टिपटप डीएभी क्रिकेट एकेडेमीले जितेको छ । मूलपानी (तल्लो) मैदानमा सम्पन्न फाइनलमा टिपटप डीएभी क्रिकेट एकेडमीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई ३४ रनले पराजित गरेको हो ।

दोस्रो इनिंग्समा १४० रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयन क्रिकेट एकेडेमीले १९ ओभरमा १०५ रनमा सबै विकेट गुमायो । ग्रेट हिमालयका सुप्रिम सुनारले सर्वाधिक ६१ रन बनाए । जुन क्रममा उनले ४९ बलमा ५ चौका र २ छक्का प्रहार गरे । अभि थपलियाले ११ तथा प्रवल श्रेष्ठले १० रन बनाए ।

डीएभीको बलिंगमा प्रसिद्ध जैसीले सर्वाधिक ३ विकेट लिए । जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए । केशव अग्रवाल र तनिश्क कुमार शाहले समान दुई दुई विकेट लिए। कमल शाही र प्रसंग पौडेलले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिंग गरेको टिपटप डीएभीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो । डीएभीको ब्याटिंगमा ओपनर श्रेयश अग्रवालले सर्वाधिक ३९ रन बनाए । प्रसंग पौडेलले ३३, प्रसिद्ध जैसीले ३१ रन बनाए । कमल शाहीले अविजित १३ रन तथा कप्तान आरुष झाले ११ रन योगदान दिए ।

ग्रेट हिमालयको बलिंगमा वंश क्षेत्री र सामिप्य सापकोटाले समान २ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका डीएभीका प्रसिद्ध जैसी फाइनलको प्लेयर अफ द म्याच घोषित भए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटर ग्रेट हिमालय क्रिकेट एकेडेमीका वंश क्षेत्री घोषित भए । उत्कृष्ट बलर ग्रेट हिमालय क्रिकेट एकेडेमीका सामिप्य सापकोटा तथा उदीयमान खेलाडी अभिषेक कडायत घोषित भए । यस्तै उत्कृष्ट विकेटकिपर बोलपुर युथ टाउन क्लब, बङ्गाल भारतका अत्रिजो रोय घोषित भए ।

विजेता खेलाडीहरूलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार प्रदान गरे । डीएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा माघ १६ मा सुरु भएको प्रतियोगितामा कुल ६ टिम सहभागी रहेका थिए । टिपटपको मुख्य प्रायोजन रहेको प्रतियोगितामा १६ वर्ष मुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाएका थिए ।