५ श्रावण २०८३, मंगलवार
,
Latest
नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका एलिना चौहानले गरिन् सम्बन्धविच्छेदको मुद्दा दायर



अ+ अ-

काठमाडौँ। गायिका एलिना चौहानले अस्ट्रेलियामा बस्दै आएका श्रीमान् विष्णु सापकोटाविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दायर गराएकी छिन्।

गत ५ वैशाखमा अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी उनले शुक्रबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेकी हुन् । अस्ट्रेलिया जानेक्रममा दुबैबीच प्रेम सम्बन्ध भएपछि दुवैले विवाह गरेका थिए।

विवाह गरेको छोटो समयमै अस्ट्रेलियाबाट नेपाल फर्किएकी एलिना यतै बस्दै आएकी छिन्।उनी विरुद्ध घरेलु हिंसा भएको लगायतका दाबीहरू सार्वजनिक भए पनि उनी मौन रहँदै आएकी थिइन्। एकाएक उनले शुक्रवार मानाचामल र अंश केही दाबी नगरी सम्बन्ध विच्छेदको मात्र माग गरेर मुद्दा दायर गरेकी हुन्। विष्णु भने अहिले पनि अस्ट्रेलियामै छन्।

यी दुवैले गत वैशाखमा मात्र विवाह गरेका थिए। केही समय अगाडि अर्की गायिका ज्योती मगरले एक चर्चित गायिकाले पाएको घरेलु हिंसाका तस्बिर हेर्दा कहाली लागेको भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन्। सो पोस्टमा उल्लेख गरेको गायिका एलिना नै हो भनेर प्रतिक्रिया आउन थालेपछि ज्योतीले पोस्ट नै डिलेट गरेकी थिइन्।