२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्युँदो बाबुलाई मरेको भन्दै नेपाली नागरिकता लिने भारतीय पक्राउ



अ+ अ-

काठमाडौं । ज्युँदो बाबुलाई मरेको भन्दै किर्ते गरेर नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहार अररियाका शम्भुप्रसाद साहले नागरिकता अभिलेखमै नभएका व्यक्तिको नाम किर्ते गरी आवश्यक काजगपत्र बनाई जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएका थिए।

२०५६ पुस १३ मा जारी नागरिकतामा साहको बुबा स्वर्गीय अनुपलाल साह लेखिएको छ। तर उनका बाबु विश्वनाथ साह हुन्। उनी जीवितै छन्। नगर पञ्चायत जोगबनीले तयार पारेको आमनिर्वाचन नामावलीमा साहको बाबुको नाम विश्वनाथ लेखिएको छ। मोरङ जिल्ला, विराटनगर ठेगाना उल्लेख गरेका साहले सुरुमा बनाएको नागरिकता हराएपछि वंशजका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०६४ पुस १७ प्रतिलिपि लिएको पाइएको छ।

साहविरुद्ध गृह मन्त्रालयमा उजुरी परेपछि महानगरीय प्रहरी परिसर टेकुले छानबिन गरेको थियो। छानबिनका क्रममा किर्ते गरेर नागरिकता लिएको खुलेपछि साह गत साता पक्राउ परेका हुन्। उनले किर्ते नागरिकतालाई नै आधार बनाएर २०५७ मंसिरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएका छन्। यस्तै उनले सोही नागरिकताका आधारमा विराटनगर र सिरहाको बस्तीपुरमा जग्गा खरिद गरेको पाइएको छ।

काठमाडौंको कालीमाटीमा ‘सन्त तुलसीदास फ्रुट सेन्टर प्रालि’ नामक फलफूल पसल सञ्चालन गर्दै आएका साह २०७३ जेठ २० गते सरकारी अनुगमन टोली जाँदा भागेका थिए। आन्तरिक राजस्व कार्यालयको टोलीले अनुगमन गर्न जाँदा साह नभेटिएपछि बिलबिजक तथा खाता बुझाउन पत्र काटेको थियो। किर्ते नागरिकताका आधारमा साहले काठमाडौं महानगरपालिकाबाट विवाह दर्ताको प्रमाणपत्र लिएका छन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।




भर्खरै