१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक सय १६ किमी बाटोको भाडा करिब २५ सय



अ+ अ-

जाजरकोट । यातायात व्यवसायीले जाजरकोट–डोल्पा सडकखण्डमा यात्रुसँग मनपरी भाडा असुल्ने गरेका छन् । एक सय १६ किलोमिटर सडकमा दुई हजार तीन सय ५० रुपैयाँ भाडा लिने गरेका छन् । यति भाडा असुले पनि यात्रुलाई भने कम्ता सास्ती छैन । ठाउँ–ठाउँमा ओर्लेर हिँड्नुपर्छ । यो सडकखण्डमा ट्र्याक खुलेसँगै गाडी चल्न थालेपछि यात्रु झन् मारमा परेका हुन् ।

जाजरकोटदेखि डोल्पा पुग्न विभिन्न सिधै गाडी चल्दैन् । खण्ड–खण्डमा यात्रा गर्नुपर्छ । जाजरकोट सदरमुकामदेखि तल्लुसम्म सात सय भाडा लाग्छ । त्यसपछि सात सय रुपैयाँमै रुकुमको अनाहदेखि डोल्पाको करबगाडसम्म पुगिन्छ । करबगाडदेखि खदाङसम्म पुग्न फेरि एक सय ५० रुपैयाँ तिर्नुपर्छ । त्यहाँबाट त्रिपुराकोटसम्म पुग्न अर्को गाडी चढ्नुपर्छ । खदाङदेखि त्रिपुराकोटसम्म चार सय भाडा लाग्छ । त्यसपछि सुपानीदेखि दुनै पुग्न चार सय भाडा तिर्नुपर्छ ।

‘भाडा चर्को छ, यात्रु ठगिएका छन् । स्थानीय सरकार केही बोल्दैन,’ जाजरकोटको नलगाडका बद्री पन्तले भने । यसरी चर्को भाडा लिँदा यात्रुलाई टिकट भने दिने गरिएको छैन । स्थानीय प्रशासनसँग उजुरी गर्ने डरले टिकट नदिने गरिएको यात्रुको भनाइ छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।