१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनाभित्र पाइपबाटै इन्धन



अ+ अ-

सिमरा । मन्त्रिपरिषद् स्तरीय निर्णयको पखाईमा पर्सा राष्ट्रिय निकुञ्जको नौ किलोमिटर क्षेत्रमा रोकिएको बहुप्रतिक्षित मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम सुरु भएको छ ।

निकुञ्जको नौ किलोमिटर क्षेत्रभित्र रहेको रुख कटानका लागि मन्त्रिपरिषद्ले समयमै निर्णय नगर्दा परियोजनाको काम रोकिएको थियो ।

गत माघ १० गतेको मन्त्रिपरिषद्को निर्णयसँगै आवश्यक प्रक्रिया मिलाएर निकुञ्जले रुख कटानको काम सुरु गरेको हो ।

निकुञ्जले पथलैयास्थित टिम्बर कर्पोरेसनलाई रुख कटान गरी लगत राख्न पत्राचार गरेको छ ।

यो निर्णयसँगै दुवै आयोजनाले गति लिएको छ । एक महिनाभित्र पाइपलाइन बिछ्याउने काम सम्पन्न गर्ने र केही दिन परीक्षण गरेर वैशाख अन्तिममै पाइपलाइनबाट इन्धन ल्याउने लक्ष्य राखेको नेपाल आयल निगमका डिपो प्रमुख प्रदीप यादवले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।