६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकारीको शव यात्रा शुरु



अ+ अ-

पोखरा । हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको शव यात्रा पोखरामा अहिले शुरु भएको छ ।

प्रदर्शनी केन्द्रबाट शुरु भएको शव यात्रामा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका केन्द्रीय सदस्य योगेश भट्टराईलगायत पार्टीका हजारौँ कार्यकर्ताका साथै सर्वसाधारणको सहभागिता रहेको छ ।

शव यात्रामा नेपाली सेनाको एक टुकडीले शोकधुन बजाएको छ । सडकको दुवै पेटीमा उभिएका सर्वसाधारणले मन्त्री अधिकारीको शवमाथि पुष्प अर्पण गर्दै भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका छन् । शव यात्राका सहभागीले पार्टीको झुकाइएको झण्डा बोकेका छन् । आफ्ना प्रिय नेतालाई गुमाएको पीडाले सबैको अनुहार निराश र भावविव्हल देखिन्छ ।

पोखराको प्रदर्शनी केन्द्रबाट शुरु भएको शव यात्रा नयाँ बजार, महेन्द्रपुल, रानीपौवा र गीता मन्दिर मार्ग हुँदै रामघाटमा पुगी आजै नेता अधिकारीको अत्येष्टि गरिनेछ ।