१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्जनौँ विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास



अ+ अ-

लमजुङ । ‘मलाई राज्यले हेरेन, लौन तपाईहरुले पहल गरिदिनु पर्यो,’ भेट्ने बित्तिकै वृद्ध टेकनारायण घिमिरेले गुनासो गरे । उत्तरी लमजुङमा शिक्षाको ज्योति फैलाउँदै हिँडेका ७६ वर्षीय टेकनारायण घिमिरे अहिले वृद्धाश्रममा बस्छन् ।

लमजुङको बाहुनडाँडा ८ लामपाटा स्थायी घर भएका घिमिरेले उत्तरी चितवनका ३ वटा विद्यालयमा अध्यापन पनि गरे । उनीलाई उत्तरी लमजुङको शिक्षाका संस्थापक भनेर चिनिन्थ्यो । तर घिमिरे वृद्ध अवस्थामा बेसाहार बन्नु परेको छ । पहिले कक्षा ८ उत्र्तिण गरेपछि स्कुलमा पढाउन पाउने चलन थियो । ‘त्यसबेल संस्कृतमा तिक्ष्ण थिएँ, सबैको हाइहाई थियो,’ घिमिरेले भने, ‘१० कक्षा पास गरेको थिएँ, संस्कृत पढाउने राम्रो मास्टर भन्दै तानातान हुन्थ्यो ।’

उनकै पहलमा दर्जन विद्यालयहरु खुलेका थिए । उनले अध्यापन गराएका विद्यालयमा चन्द्रोदय उच्च मावि बाहुनडाँडादेखि चितवनको शशिनगर निमाविसम्म छन् । ‘शिक्षण पेशामा २५ वर्षभन्दा बढी बिताएँ,’ घिमिरेले भने, ‘अहिले सम्पत्तिको नाममा तिनै विद्यालयले दिएको प्रमाणपत्र बाहेक अरु केही छैन ।’ यो समाचार कारोबार दैनिकमा छ ।