• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo

नेकपाको सचिवालय बैठक बस्दै, अधिकारीलाई अन्तिम श्रद्धाञ्जलीको लागि पार्टी कार्यालयमा राखिने



काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शव अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने भएको छ ।

अधिकारीको शनिबार राति ९ः३५ बजे ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएको थियो ।

नेकपाले प्रेस विज्ञप्ति जारी गर्दै उनको पार्थिव शरीर पार्टी कार्यालयमा बिहान ९ बजेदेखि १२ बजेसम्म राखिने जनाएको छ । श्रद्धाञ्जलीपश्चात पार्टी कार्यालयबाट शव यात्रासहित पशुपती आर्यघाट लगिने कार्यक्रम रहेको छ ।