४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

खाना पर्यटनमा सेफ साह, एक वर्षभित्र अयोध्यामा ‘मिथिला थाली’को लक्ष्य

खाना पर्यटनमा सेफ साह, एक वर्षभित्र अयोध्यामा ‘मिथिला थाली’को लक्ष्य
अ+ अ-

काठमाडौँ ।  मास्टर सेफ सन्तोष साहले सुरु गर्नुभएको ‘मिथिला थाली’ रेस्टुराँ दोस्रो वर्षमा प्रवेश गरेको छ । मिथिलाको मौलिक परिकार प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षको असार ६ गते जनकपुरमा मिथिला खानाको रेस्टुराँ सुरु गर्नुभएका साहले दोस्रो वर्ष नपुग्दै राजधानी काठमाडौँमा तीन शाखा विस्तार गर्नुभएको छ ।

जनकपुर तथा मधेसको मौलिक परिकारको स्वाद काठमाडौँबासीलाई खुवाउने योजनाका साथ उहाँले केही समय अघि झम्सिखेलमा मिथिला थाली सुरु गर्नुभएको थियो । साथै दोस्रो वर्ष पुगेको अवसरमा गौशालामा मिथिला थालीको तेस्रो शाखाको आज ‘सफ्ट ओपनिङ’ गरिएको छ भने नक्सालको गैरीधारामा केही दिनमै नयाँ रेस्टुराँ सञ्चालन हुने उहाँको भनाइ छ ।“जनकपुरमा अपेक्षाकृत सफलतापछि काठमाडौँ उपत्यकाको झम्सिखेलमा रेष्टुराँ सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “झम्सिखेलको रेष्टुराँमा उत्साहजनक प्रतिक्रियापछि गौशाला र गैरीधारामा रेस्टुराँ सुरु गर्न लागिएको हो ।” उहाँ अनुसार गौशालाको शाखामा शाकाहारी मिथिला परिकार मात्रै उपलब्ध हुनेछ । पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने तिर्थयात्रीलाई लक्षित गरी रेष्टुराँ लक्षित गरिएको उहाँको भनाइ छ । मिथिला थालीअन्तर्गत ग्राहकले एकै थालीमा १७ परिकारको स्वाद लिन पाउने छन् ।

“मेरो उद्देश्य मिथिलाको मौलिक खानासँगै संस्कृति र कला पनि प्रबद्र्धन गर्नु हो”, उहाँले भन्नुभयो, “त्यसैले रेष्टुराँ पनि मिथिला कलाले सजाइएको छ ।” रेष्टुराँमा  आउने ग्राहकले मिथिला आर्ट खरिद गरेर कलाकारलाई सहयोग पनि गर्न सक्ने साहको भनाइ छ । “हामीले मिथिला कलाकारका सिर्जनालाई यहाँ राखेका छौँ, ग्राहकहरुले यी कला खरिद गरेर उहाँहरुलाई आर्थिक रुपमा  सहयोग गर्न सक्नुहुनेछ”, उहाँले भन्नुभयो ।

दाई दिलिप साहको प्रेरणाबाट सेफ बनेर बिबिसीको मास्टर सेफ २०२०को उपविजेता र मास्टर सेफको प्रोफेसनल रिम्याच २०२१ को बिजेता बन्दै विश्वभर नेपाली परिकार चिनाउन सफल साहले अहिले पनि दाईसँगै सहकार्यमा रेष्टुराँ विस्तार गरिरहनुभएको छ ।

साह पछिल्लो समय उनी खाना पर्यटन प्रवर्द्धनमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । माता सिताको जन्मभूमिको परिकारलाई भगवान रामको जन्मभूमि भारतको अयोध्यामा पुर्‍याउने गरी काम भइरहेको र एक वर्षभित्रमा अयोध्यामा पनि मिथिला थाली रेष्टराँ सञ्चालनमा ल्याउने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । साथै कतारको राजधानी दोहामा पनि एक वर्षभित्रै रेस्टुराँ सुरु गर्ने योजना रहेको उहाँको भनाइ छ । रासस