११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

लौ हेर्नुहोस् ! नाम छायाँ सरकार, काम गुटै गुटको राजनीति

लौ हेर्नुहोस् ! नाम छायाँ सरकार, काम गुटै गुटको राजनीति
अ अ+ अ-

काठमाडौं । आ–आफ्नो रुचिको मन्त्रालय तोकेर संसदीय दलमा बुझाउन सर्कुलर गरेको महिना दिन बित्दा पनि कांग्रेसले सूची पाएन। नामावली नपाउँदा उसले ‘छाया सरकार’ गठन गर्न सकेको छैन। सरकार पाइलैपिच्छे स्वेच्छाचारी काम गर्न थालेको आरोप लगाउँदै कांग्रेस संसदीय दलको पुस २७ को बैठकले छाया सरकार गठन गर्ने निर्णय गरेको थियो।

सरकारका सबै मन्त्रीमाथि निगरानी गर्ने गरी प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्ना सांसदलाई खटाउने गरी छाया सरकार बनाउने निर्णय गरेको हो। तर, अझै छाया सरकार गठन भने भएको छैन। कांग्रेसको पहिलो संसदीय दलको बैठकले छाया सरकार बनाउने निर्णय गरेको थियो।

यता, कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण भने संघीय सांसदको रुचि, संसदीय दलमा संकलन भइसकेको र चाँडै गठन हुने बताउँछन्। खाँणले हरेक मन्त्रालय हेर्नेगरी सम्बन्धित मन्त्रालयगत विषयको जानकार सांसदको विज्ञ समूह बनाउने र त्यसले सरकारको काम कारबाहीको निगरानी गर्ने योजना कांग्रेसको हो।‘हामीले बाहिर हल्ला भएजस्तो सरकारकै स्वरूपअनुसार भन्दा समूह बनाएर कामको निगरानी गर्ने कि भन्नेमा सल्लाह गरिरहेका छौं’, उनले भने।

प्रवक्ता विश्वप्रकाश शर्माले दम्भमा सरकारले गरेको कामको विरोध र पार्टी विधानलगायतको एजेन्डामा अलमलिँदा छाया सरकार गठनमा ढिलाइ भएको बताए। अब चाँडै पार्टीका केही काम छाया सरकारलगायत सरकारविरुद्धका केही कदम कांग्रेसले चाल्ने शर्माले बताए।

यद्यपि, कांग्रेसभित्र तीव्र गुटबन्दी हुँदा छाया सरकार बन्ने विषय बाधक हो। सभापति देउवा र तीनको पक्षले विषयगत मन्त्रालयबारे जानकार सांसदहरूको समूह बनाएर निगरानी गर्नुपर्ने पक्षमा छन्। सभापतिविरोधी पक्षले भने विधानमा रहेको प्रावधानअनुसार संसदीय दलको नेता नेतृत्वमा सरकारकै हुबहु मोडलमा जानुपर्ने पक्षमा जोड दिएको छ।

संसदीय दलको बैठकले हरेक सांसदलाई आफ्ना रुचिका तीन–तीन वटा मन्त्रालयको नाम पठाउन सूचना जारी गरेका थिए। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले चाँडै यसको छिनोफानो गरी पार्टी र संसदीय दलले ठोस निर्णय गर्ने बताइन्।

कांग्रेसले केन्द्रदेखि स्थानीय सरकारको पनि निगरानीका लागि छाया सरकार गठन गर्ने र सरकारका सबै प्रकारका गतिविधिको सूक्ष्म ढंगले निगरानी गर्ने भन्न थालेको पनि एक वर्ष बितिसकेको छ। अन्नपूर्णबाट ।