३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व संकलन विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु २१ किलो गाँजासहित एक जना पक्राउ मध्यपूर्वको तनावले रोकिएको नागढुङ्गा–नौबिसे सडक कालोपत्रे पुनः शुरु -तस्बिरसहित रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सफल अर्थमन्त्री अधिकारीको निधनले अत्यन्तै मर्माहत बनायो : तिमिल्सिना



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शनिबार राति ह्याम्स अस्पतालमा निधन भएका पूर्व प्रधानमन्त्री एवम पहिलो पुस्ताका कम्युनिष्ट नेता भरतमोहन अधिकारी प्रति सम्बेदना प्रकट गरेका छन् । अधिकारीको निधनले अत्यन्तै मर्माहत बनाएको भन्दै शोकाकुल परिवार,आफन्तप्रति गहिरो समंबेदना प्रकट गरेका छन् ।

अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आईतवार एक विज्ञप्ति जारी गर्दै दिवंगत अधिकारी एक सफल अर्थविद्, संविधानविद् र राजनीतिज्ञ भएको भन्दै प्रशंसा समेत गरेका छन् । निरंकुशताको विरुद्धको संघर्ष र नेकपा तथा कम्युनिष्ट पार्टिमा खेलेको भूमिकाले नेपाली समाजले सदा स्मरण गरिरहने उनले उल्लेख गरेका छन् ।

अधिकारीको पार्थिव शरीरलाई मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । नेकपा सचिवालयको अनुसार १२ बजेपछि अधिकारीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेता कार्यकर्ता र सर्वसाधारणको नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा घुइँचो लागेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभामा नेकपा अध्यक्षद्वय ओली र प्रचण्डले अधिकारीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढासकेका छन् । पार्टिले शोक व्यक्तव्यपनि जारी गरिसकेको छ ।