३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहानै घरबाट नर्सिङ क्याम्पस हिँडेकी एक छात्राको शव फेला



अ+ अ-

पोखरा । पोखराको फेवाताल–६ मा आज बिहान पोखरा नर्सिङ क्याम्पसकी एक छात्राको शव भेटिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ को ढिकुरपोखरी बस्ने १९ वर्षीया दिव्या अधिकारीको फेवातालमा घोप्टो परेको अवस्थामा शव भेटिएको बैदाम कार्यालयका प्रमुख कोमल शाहले जानकारी गराए ।

नर्सिङ कलेजमा अध्ययनरत अधिकारी आज बिहानै क्याम्पस जानका लागि घरबाट हिँडेको बताइएको छ । उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका लागि पठाइएको छ ।