• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

संयुक्त सैनिक अभ्यास स्थगित, उत्तर कोरियालाई मनाउने प्रयास जारी



सियोल । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाले यस वर्ष संयुक्त सैनिक अभ्यास नगर्ने घोषणा गरेका छन् । उत्तर कोरियालाई आफ्नो आणविक हतियार कार्यक्रम त्याग्न लगाउने उद्देश्यले कुटनीतिक प्रयत्नका लागि संयुक्त सैन्य अभ्यास रोकेको बताइएको छ ।

भियतनामको हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–अन बीचको शिखर वार्ता विना सहमति टुङ्गिए लगत्तै दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यास स्थगित गर्ने निर्णय सार्वजनिक भएको छ । उक्त शिखर वार्तामा कुनै औपचारिक सम्झौता नभए पनि दुबै पक्ष वार्तालाई निरन्तरता दिन प्रयत्नरत छन् ।

दक्षिण कोरियामा हाल करिब ३० हजार अमेरिकी सैनिक तैनाथ छन् । वार्षिक सैन्य अभ्यासमा दशौं हजार दक्षिण कोरियाली सेना पनि सहभागी हुने प्रचलन छ । उत्तर कोरियाले उक्त वार्षिक सैन्य अभ्यासलाई आफू विरुद्धको हमलाका रुपमा लिँदै आएको छ ।

दक्षिण कोरियामा तैनाथ सेना तत्काल फिर्ता गर्ने कुनै योजना नरहेको स्पष्ट गर्दै आउनुभएका अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियाली सैन्य अभ्यासको खर्चका बारेमा बारम्बार प्रश्न उठाउने गरेका छन् । हनोईमा आयोजित पत्रकार सम्मेलनमा समेत राष्ट्रपति ट्रम्पले यो सैन्य अभ्यास “ज्यादै खर्चिलो” रहेको बताएका थिए ।

दक्षिण कोरियाली रक्षामन्त्री जियोङ क्योङ–डू र अमेरिकी रक्षामन्त्री प्याट्रिक शानाहानबीच शनिबार भएको टेलिफोन वार्तामा दुबै मुलुकबीच “की रिजल्भ एन्ड फोल इगल” नामको वार्षिक सैन्य अभ्यास नगर्ने सहमति भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।

यो सैन्य अभ्यास अमेरिकी गठबन्धन मुलुकबीचको सबैभन्दा ठूलो सैन्य अभ्यास हो ।

विगतमा यस अभ्यासमा दुई लाख दक्षिण कोरियाली सेना र झण्डै ३० हजार अमेरिकी सेना सहभागी हुने गरेका थिए ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तर कोरियासँगको सैनिक तनाब कम गर्न तथा उत्तर कोरियाको आणविक निःशस्त्रीकरण कार्यक्रमलाई सहज निष्कर्षमा पु¥याउने गरी सकारात्मक वातावरण तयार गर्न सैनिक अभ्यास स्थगित गरिएको जनाएको छ ।

वासिङ्टन र सियोलले सोमबारदेखि सुधारिएको र परिवर्तित सैनिक अभ्यास गर्नेछन् । यो अभ्यास आगामी मार्च १२ सम्म चल्नेछ । नौ दिनको यस अभ्यासमा प्रतिकार्य नभई आत्मरक्षामा जोड दिइएको छ । यस अभ्यासमा कति सेना सहभागी हुनेछन् भन्ने जानकारी दिइएको छैन ।

दक्षिण कोरियाका विदेश मन्त्रीले सियोलका मुख्य आणविक विशेषदूत ली डो–हूनले अमेरिकी प्रतिनिधि स्टेफन बाइगनसँग वार्ता गर्न अमेरिका प्रस्थान गर्ने बताएका छन् ।

“विशेषदूत ली यसै साता अमेरिका जानेछन्,” मन्त्रालयका प्रवक्ता नोह क्यू–डुकले बताए ।