३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीमतीलाई गोली प्रहार गर्ने युवक पक्राउ



अ+ अ-

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा घरायसी विवादमा श्रीमतीलाई गोली प्रहार गरी फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

दर्लिङ–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीलाई प्रहरीले उनकै घरबाट शनिबार पक्राउ गरेको हो । तरकारी ढिलो पकाएको निहुँमा झगडा हुँदा श्रीमती बालकुमारीलाई घर्तीले गोली हानी घाइते बनाएका थिए ।

घटनापछि लुकेका घर्तीलाई उनकै घरबाट पक्राउ गरिएको भीमगिठे प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए । घाइते बालकुमारी र उनका श्रीमान् दुबैलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाएको उनले बताए।