• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   एकैदिन एक हजार नौ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   बैचारिक स्पष्टता संगै राजनीतिक परिपक्वता हाँसिल गर्दै अघि बढिरहेका छौ: रवि लामिछाने ★   राजस्व सङ्कलनमा सामान्य वृद्धि ★   टी–२० विश्वकप: अष्ट्रेलियाले बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले हरायो ★   मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द ★   योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री (फाेटाे फिचर) ★   दुई पटक सत्ता यात्रा, नयाँ नेतृत्वका लागि महाधिवेशनको तयारी ★   आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै ★   कमिन्सको ह्याट्रिक, अष्ट्रेलियासामु बंगलादेशले दियो १४१ को लक्ष्य ★   योगले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्छ: उपराष्ट्रपति

नेपालका प्रितम भारतमा तहल्का पिट्दै



नेपाली बाल कलाकारले यतिबेला भारतको चर्चित रियालिटी शो मा आफ्नो धमाका देखाई रहेका छन् । भारतको चर्चित रियालिटी सो ‘सारेगामापा लिटिलच्याम्प’मा नेपालका प्रितम आचार्य र आयुष केसीले सबैको मन जित्न सफल भएका छन्।

कार्यक्रम प्रशारण हुनु पहिले नै सामाजिक संजालमा निकै भाइरल बनिसकेका प्रितम आचार्यले आफ्नो बलियो प्रभाब छोडिरहेका छन् । कार्यक्रमको छोटो प्रोमो बाटै चर्चामा आएका प्रितमले फेरी धमाकेदार प्रस्तुति दिएको प्रोमोले सबैका लागि कार्यक्रम प्रतिक्षाको कारण बनिदिएको छ ।

यसैबीच ‘जी टिभी’ले चर्चित बालगायन रियालिटी कार्यक्रम ‘सारेगामापा लिटिलच्याम्प’को प्रोमो सार्वजनिक गरेको छ। प्रोमोमा प्रितमले अर्को धमाकेदार प्रस्तुति दिएको देख्न सकिन्छ। प्रोमोमा देखिए अनुसार प्रितमले आफ्नो प्रस्तुतीमा १०० मा १०० प्रतिशत ल्याएका छन्। उक्त गायन रियालिटी शो को टप १५ मा परिसकेका प्रितमले पहिलो राउन्डमै १००५ मा १०० ५ पाएका थिए। उनले गत हप्ताको प्रस्तुतिमा पनि १०० ५ नै पाएका थिए। उनले प्रस्तुति दिएको एपिसोड आइतबार बेलुका ९स्१५ मा प्रसारण हुनेछ।