१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेरी हुदै ग्यासको हाहाकार, यस्तो छ उद्योगीको चलखेल



अ+ अ-

काठमाडौं । मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यसा ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर, पीडिओ) शुक्रबारदेखि लिएका छैनन् । कारोबारमा नाफा बढाउनु पर्नेलगायत माग राख्दै आएका उनीहरुले विरोधमा पीडिओ अठाउन छाडेका हुन् । नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेलगत्तै बजारमा ग्यास लुकाउन थालिएको छ ।

प्रचलित ऐनविपरित कार्य गर्न कुनै पनि व्यक्ति, व्यवसाय र उद्योगलाई कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई भए पनि सरकार र सबन्धिन निकाय मौन देखिन्छन् । उद्योगीले ग्यास उद्योग सञ्चालन खर्च, वितरकको कमिसन, स्वदेशी ग्यास बुलेट सञ्चालन, नाफा वृद्धिलगायत १० बुँदे माग राख्दै विरोध कार्यक्रम गरिरहेका छन् । स्रोतका अनुसार ज्ञापनपत्र १० बुँदे भए पनि मुख्य माग कमिसन र नाफा वृद्धि हो । यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।