२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस लिने कर्मचारीलाई सुधार्न अख्तियारले सेवाग्राहीको भेषमा ‘जासुस’ खटाउने



अ+ अ-

काठमाडौँ । सर्वसाधारणको भिड हुने सरकारी कार्यालयमा अख्तियारले सेवाग्राहीको भेषमा ‘जासुस’ खटाउने भएको छ । छिटो सेवा प्रवाहका नाममा घुस लिने कर्मचारीलाई सुधार्न आयोगले नयाँ कार्यक्रम सुरु गर्न लागेको हो ।

मालपोत, यातायात, कम्पनी रजिस्ट्रारको कार्यालय, अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायतका कार्यालयमा आयोगबाट गोप्य रुपमा कर्मचारीलाई सेवाग्राहीलाई भेषमा खटाउन लागिएको हो ।

केही दिनमै यो कार्यक्रम सुरु हुने आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए ।

‘सेवाग्राहीहरु अख्तियारका कर्मचारी पनि हुन सक्छन् भनेर कर्मचारीहरु घुस खान डराउँछन् कि भन्ने हो,’ प्रवक्ता दंगालले भने, ‘भ्रष्टाचार नियन्त्रणमा यो हाम्रो निरोधात्मक शैली हो ।’

स्रोतका अनुसार अडियो र भिडियो रेकर्ड गोप्य डिभाइससहित सरकारी कार्यालयमा ‘जासुस’ खटाउन लागिएको छ । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।