१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब प्रदेशमा लोकसेवा आयोग गठनको बाटो खुल्ने



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभाले प्रदेश लोकसेवा आयोग तीन सदस्यीय रहने व्यवस्थासहितको विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको विधेयकमा पनि यही प्रस्ताव थियो ।

राष्ट्रिय सभामै उत्पत्ति भएको विधेयकमा विधायन व्यवस्थापन समितिले लामो छलफलपछि प्रतिवेदन बुझाएको थियो । कतिपय सांसदले ५ सदस्यीय बनाउपर्ने भनी संशोधन हालेका थिए । उक्त संशोधन समितिबाटै अस्वीकृत भएको हो ।

संविधानको धारा २४४ ले प्रत्येक प्रदेशमा लोकसेवा आयोग रहने व्यवस्था गरेको छ । तर, आयोग गठनको आधार र मापदण्ड संघीय कानुनले निर्धारण गरेबमोजिम हुने भनिएको छ । विधेयक प्रतिनिधिसभाबाट पनि पारित भए प्रदेशमा लोकसेवा आयोग गठनको बाटो खुल्नेछ । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।