११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बाबुराम खट्दै, नयाँ शक्ति घट्दै

बाबुराम खट्दै, नयाँ शक्ति घट्दै
अ अ+ अ-

काठमाडौं । डा. बाबुराम भट्टराईले उत्साही मुडमा नयाँ शक्ति बनाउने घोषणा गरेका थिए, साढे तीन वर्षअघि । ९ असोज ०७२ मा उनी तत्कालीन एकीकृत नेकपा (माओवादी)लाई ‘भत्किएको घर’ वा ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए । र, त्यसको ८ महिनापछि ३० जेठ ०७३ मा समृद्धिको नारासहित आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी घोषणा गरे ।

नयाँ शक्ति घोषणाको तीन वर्ष हुन लाग्यो । वैकल्पिक आन्दोलन निर्माण गर्ने भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका डा। भट्टराई खटेको खट्यै छन् । तर, उनको शक्ति भेन घटेको घट्यै । सुरुमा उनलाई साथ र्दिका धेरै पूर्वमाओवादी सहायत्रीले एकएक गरी छाड्दै गएका छन् । पछिल्लो पटक उनले एक महिने जागरण यात्रा पनि सम्पन्न गरे । नयाँ शक्तिका नेता नवराज सुवेदी दाबी गर्छन्, ‘यो एक महिने यात्राले जनतासँगको सम्बन्ध थप बलियो बनाएको छ ।’

तर, राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको तत्काल कुनै प्रभावकारी भूमिका देखिने छाँट छैन । उल्टो, गएकै साता रसुवाको प्रदेश सांसदसमेत नेपाली कांग्रेसले लुछ्न खोज्यो । बाबुराम भने अझै थाकेका गलेका देखिनन् । भन्छन्, ‘वैकल्पिक राजनीतिको यात्रा लामो छ, नसक्नेहरु बीच बाटोमै छाड्छन् । यो कुनै नौलो कुरा होइन ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।