२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

३२ अर्बको गाई ल्याउने सरकारको तयारी, किसान विरोधमा



अ+ अ-

चितवन । चीनबाट गाई ल्याउने नेपाल सरकारको तयारीको दुग्ध उत्पादक किसानको विरोध गर्दै आएका छन् । किसानले विरोध गरे पनि सरकारले ३२ अर्ब लगानीमा गाई ल्याउने तयारी सुरु गरेका छ । त्यसका लागि चाइना एकेडेमी अफ एग्रिकल्चर मेकानाइजेसन साइन्स र चाइना सिएएमसी इन्जिनियरिङ कम्पनीसँग सम्झौता गरिएको छ । गाई ल्याउन गरिएको सम्झौताको दुग्ध उत्पादन किसानले विरोध गरको छन् ।

नेपालमा अहिले दैनिक २२ लाख लिटर दूध उत्पादन भइरहेको छ । किसानले उत्पादन गरेको दूध बिक्रीको समस्या रहेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपाने बताउँछन् । बजार पाउनु जत्तिकै समस्या बिक्री भएका दूधको भुक्तानीमा पनि रहेको उनले बताए ।

किसानले दूधको भुक्तानी रकम पनि पाउन महिनौँसम्म कुर्नु परेका छ । ‘लागत अनुसारको मूल्य किसानले पाउन सकेको छैनन्,’ उनी भन्छन्, ‘ढुटो, चोकर, दानाकोे मूल्य भने दिनहूँ बढिरहेको छ ।’ यो समाचार नागरिक दैनिकमा प्रकासित छ ।