२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मा जर्मनले लिने



अ+ अ-

काठमाडौँ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग मित्रराष्ट्र जर्मनीका महामहिम राजदूत रोल्यान्ड स्याफरसहितको एक टोलीले आइतबार भेट गरेको छ ।

भेटका क्रममा राजदूत रोल्यान्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीको इच्छा रहेको जानकारी दिए ।

भेटमा राजदूत स्केफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताए ।

उनले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकूल कानुनी वातावरण, तालिमप्राप्त जनशक्तिलगायतका विषयमा जिज्ञासा राखेका थिए ।

भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा प्रकासित छ ।