२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अ‍ोली सरकारले एक वर्षमै राज्यको ढुकुटीबाट २ अर्ब झ्वाम पार्याे



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । २०७४ फागुन ३ गते सरकारको नेतृत्वमा आएपछि अ‍ोलीले विकास, सुशासन र आर्थिक मितव्ययितालाई मूलमन्त्रको रुपमा प्रचार गरेका थिए ।

ओली सरकारले एक वर्षको अवधिमा आर्थिक सहायता र सहिद घोषणा नाममा १ अर्ब ८० करोड ९३ लाख रुपैयाँभन्दा बढी राज्यको ढुकुटीबाट बाँडेको हो । त्यस्तै विदेश भ्रमणमा करिब २३ करोड रुपैयाँ खर्च भएको छ ।

सहायता माग्दै दर्ता भएका ३ हजारभन्दा बढी निवेदन अझै विचाराधीन रहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन् । द्वन्द्वपीडित, विपन्न, स्वास्थ्य उपचार र जीविकोर्पाजन समस्या देखाउँदै सहायता माग्ने गरको गृह मन्त्रालयले जनाएको छ । यो समाचार मातृका दाहालले नागरिक दैनिकमा लेखेका छन् ।