३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भगवान शिवको बहानमाथि सर्वोच्चमा रिट



अ+ अ-

काठमाडौँ । छाडा छोडिएका गाईगोरुको प्रभावकारी संरक्षण र व्यवस्थापन तत्काल गर्नुपर्ने आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग लगायतलाई विपक्षी बनाई अधिवक्ता पदमबहादुर श्रेष्ठले आइतबार दायर गरेको रिट निवदेनमा गाईगोरुप्रति गरिँदै आएको व्यवहार अन्त्य गरी तत्काल रोग, भोक, ओतको समस्या अन्त्य गर्न माग गरिएको छ ।

नेपालको संविधानको धारा ९ (३) अनुसार गाईलाई राष्ट्रिय जनावर भन्ने स्पष्ट उल्लेख गरी समग्र जनताले राष्ट्रिय जनावर र हिन्दू धर्मको धरोहर मान्दै तिहारमा धर्म संस्कृतिअनुसार लक्ष्मी पूजामा गाई र गोवद्र्धन पूजामा गोरुलाई पुज्ने धार्मिक आस्थालाई विचलित पार्न नहुने निवेदनमा उल्लेख छ ।

राष्ट्रिय जनावर तथा धार्मिक पहिचान बोकेको गाईगोरु साथै अन्य बाच्छाबाच्छीहरुसमेत उपयोग समाप्त भई सकेपछि जिम्मेवारीबाट मुक्त हुनका लागि आफ्नो घर कम्पाउण्डबाट बाहिर छाडिदिने त्यसपश्चात संरक्षण नगर्ने कार्य रोक्न निवेदनमा परमादेशको माग गरिएको छ ।