३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिचार्ज कार्ड किनेको आरोपमा एक जोडी पक्राउ



अ+ अ-

काठमाडौँ । सक्कली नोट स्क्यानिङ गरी त्यसैबाट धेरै कपी प्रिन्ट गरी प्रयोग गरेको ओपमा एक जोडी युवा–युवतीपोखरामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा, मकवानपुर घर भै पोखरा महानगरपालिका–५, पस्र्याङमा डेरा गरी बस्ने ३२ वर्षीय नरेश लामा तथा २५ वर्षीया सरस्वती बलामी रहेका छन् ।

उनिहरुलाई अर्मला, पोखराका किराना पसलहरूमा नक्कली नोट दिँदै रिचार्ज कार्ड लिएर फरार भएको सूचनाका आधारमा पक्राउ गरिएको हो । पक्राउ परेका उनीहरूले प्रहरीसँगको आफ्नो बयानमा पोखराका विभिन्न स्थानमा रिचार्ड कार्ड तथा अन्य सामग्री नक्कली नोट नै प्रयोग गरी खरिद गर्ने गरेको कास्कीका प्रहरी प्रमुख एस.पी ओमबहादुर रानाले बताए ।

एस.पी रानाका अनुसार उनीहरूले झण्डै ५ लाख रुपैयाँ जति नक्कली नोट बजारमा पठाइसकेको बताए पनि प्रहरीले ९ लाख रुपैयाँजति नक्कली नोट बजारमा पठाइसकेको अनुमान गरेको छ । विदेश जाने लक्ष्यका साथ टोफेल–आइएलटिएस पढ्न पोखरा आएको उनीहरूले बताएका छन् । यो जोडी नक्कली नोट, नोट प्रिन्ट गर्ने प्रिन्टर तथा अन्य सामग्री सहित पक्राउ परेको हो ।

उनीहरूलाई खोटा मुद्रासम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।